Lectionary Calendar
Sunday, June 2nd, 2024
the Week of Proper 4 / Ordinary 9
Attention!
Partner with StudyLight.org as God uses us to make a difference for those displaced by Russia's war on Ukraine.
Click to donate today!

Read the Bible

पवित्र बाइबल (सरल नेपाली)

2 इतिहास 14

1 अबियाहको मृत्यु भयो अनि उसलाई पिता-पुर्खाहरूसितै गाडियो। मानिसहरूले तिनलाई दाऊदको शहरमा गाडे। त्यसपछि अबियाहका छोरा आसा अबियाहका स्थानमा नयाँ राजा भए। आसाका समयमा देशमा दश वर्षसम्म शान्ति थियो।2 आसाले आफ्ना परमप्रभु परमेश्वरको समक्ष असल र उचित कुराहरू गरे।3 आसाले ती विदेशी वेदीहरू हटाइदिए जो मूर्ति पूजाका निम्ति प्रयोग गरिन्थे। आसाले उच्च स्थानहरू हटाइदिए अनि स्मारक शिलाहरू फोडिदिए। आसाले अशेरा-स्तम्भहरू भाँची दिए।4 आसाले यहूदाका मानिसहरूलाई परमप्रभु परमेश्वरको अनुसरण गर्नु भनी आदेश दिए। उहाँ तिनीहरूका पुर्खाहरूले अनुसरण गरेका परमेश्वर हुनुहुन्छ। आसाले तिनीहरूलाई परमप्रभुका व्यवस्था अनि आदेशहरू पालन गर्ने आदेश दिए।5 आसाले उच्च स्थानहरूका धूपवेदीहरू पनि यहूदाका सबै शहरहरूबाट हटाइ दिए। यसरी राज्यमा शान्ति थियो। जब आसा राजा थिए।6 आसाले यहूदामा त्यो समय सुदृढ शहरहरू निर्माण गरे जब यहूदामा शान्ति थियो। आसाले यी वर्षहरूमा कुनै युद्ध गर्नु परेन किनभने परमप्रभुले तिनलाई शान्ति प्रदान गर्नु भएको थियो।7 आसाले यहूदाका मानिसहरूलाई भने, “हामी यी शहरहरूलाई निर्माण गरौं अनि यिनीहरूका चारैतिर पर्खालहरू बनाऔं। हामी बुर्जाद्वारहरू अनि द्वारमा बारहरू बनाऔं हामी यो देशमा बसेसम्म यसो गरौं। यो देश हाम्रो हो किनभने हामीले परमप्रभु हाम्रा परमेश्वरको अनुसरण गरेका छौं। उहाँले हामीलाई हाम्रो चारैतिर शान्ति दिनु भएको छ।” यसर्थ तिनीहरूले निर्माण गरे अनि सफलता प्राप्त गरे।8 आसाका यहूदाका परिवार समूहका

9 तब जेरा आसाका सेनाका विरूद्ध आए। जेरा कूशका थिए। जेराका10 आसा जेरा विरूद्ध लडनका निम्ति निक्ले। आसाका सेनाहरू मारेशामा सपाता बेंसीमा युद्धका निम्ति तयार भए।11 आसाले परमप्रभु आफ्ना परमेश्वरलाई पुकारे अनि भने, “परमप्रभु, तपाईंले मात्र बलवान मानिसहरूको विरूद्ध कमजोर मानिसहरूलाई सहायता गर्न सक्नु हुन्छ। परमप्रभु हाम्रा परमेश्वर। हामीलाई सहायता गर्नु होस्। हामी तपाईं माथि निर्भरछौं। हामी तपाईंको नाउँमा यी विशाल सेनाको विरूद्ध लडछौं। परमप्रभु, तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ। तपाईंको विरूद्ध कसैलाई पनि जित्न नदिनु होस्।”12 तब परमप्रभुले कूशी सेनाहरूलाई परास्त गर्न आसाका यहूदी सेना प्रयोग गर्नु भयो। अनि कूशी सेनाहरू भागे।13 आसाका सेनाले कूशी सेनाहरूलाई गरार शहर सम्म खेदेर लगे। यति बिघ्न कुशी सेनाहरू मारिए कि तिनीहरू फेरि लड्नका निम्ति सेनाका रूपमा एकत्रित हुन सकेनन्। तिनीहरूलाई परमप्रभु अनि उहाँका सेनाले कुल्चि दिए। आसा अनि तिनका सेनाले शत्रुहरूका अनेक बहूमूल्य चीजहरू लगे।14 आसा अनि तिनका सेनाहरूले गरार नजिकका सबै शहरहरूलाई परास्त गरे। ती शहरहरूमा बस्ने मानिसहरू परमप्रभु सित भयभीत थिए। ती शहरहरूमा अनेक प्रकारका धेरै बहूमूल्य बस्तुहरू थिए। आसाका सेनाहरूले ती बहूमूल्य चीजहरू ती शहरहरूबाट लगे।15 आसाका सेनाले शिविरहरूमा पनि आक्रमण गरे जहाँ गोठालाहरू बस्थे। तिनीहरूले धेरै भेडा र ऊँटहरू लगे। तब, आसाका सेनाहरू यरूशलेम फर्के।आसाका परिवर्त्तनहरू

 
adsfree-icon
Ads FreeProfile